Hifajat

Hifajat

Jan 20, 2011

मुम्बईका नेपाली कलाकारको कथा

काठमाडौं, माघ ४ (नागरिक)- मुम्बई सहरमा बस्ने सफल नेपाली कलाकारहरूमाथि डकुमेन्ट्री तयार भएको छ। नेपाल भारत सम्बन्धको अवसरमा नेपालस्थित भारतीय दूतावासले तयार गरेको डकुमेन्ट्रीमा नेपाली मूलका कलाकारको कथा समेटिएको छ। 'रेन्बो ओभर मुम्बई' शीर्षकको डकुमेन्ट्रीमा नेपाली मूलका सात कलाकारका कथा छन्। मुम्बईमा बसोबास गर्ने लाखौं नेपाली मूलका व्यक्तित्वमध्ये केही सफल कलाकारको कथा डकुमेन्ट्रीमा हेर्न पाइनेछ।
गत वर्षको भारतीय स्वतन्त्रता दिवसको अवसरमा निर्माण सुरु गरिएको डकुमेन्ट्रीले नेपाल र भारतबीचको मैत्री सम्बन्धबारे जानकारी गराउँदछ। शेखर खरेलको निर्देशनमा बनेको डकुमेन्ट्रीमा अभिनेत्री मनीषा कोइराला, सेक्सोफोनिस्ट मनोहरि सिंह, चित्रकार लक्ष्मण श्रेष्ठ, गायक उदितनारायण झा, ग्यामर फोटोग्राफर राकेश श्रेष्ठ, आर्ट निर्देशक अञ्जन गजुरेल र क्यामेराम्यान वसन्त कर्माचार्य अटाएका छन्।

No comments:

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?