Hifajat

Hifajat

Jan 20, 2011

महिलामाथि हिंसा गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन

ाठमाडौं, माघ ६ (नागरिक)- प्रधान मन्त्री माधवकुमार नेपालले महिलामाथि हिंसा गर्ने जोसुकै भए पनि तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। दिनहुँ ५–१० वटा त्यस्ता मुद्दामाथि तत्काल कारबाही भएको तथ्य प्रचार हुनेबित्तिक्कै महिलामाथि हुने हिंसा क्रमश: घट्दै जाने उनले बताए।
अपराधीमाथि हुने कारबाहीको सिलसिलामा कानुनी सुधार आवश्यक रहे कडा कानुन बनाउने कार्यमा समेत आफ्नो साथ रहने बताउँदै प्रधान मन्त्रीले महिला प्रहरीहरुको क्षमता तथा मनोवल अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताए। सबै निकायमा महिला मैत्री वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिँदै उनले महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन पनि निर्देशन दिए।

प्रधान मन्त्री कार्यालयद्वारा आयोजित अन्तर मन्त्रालयस्तरीय समिति लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना बैठक कार्यक्रममा प्रधान मन्त्रीले उक्त निर्देशन दिएका हुन।

मुख्य सचिव माधव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा सभासद् सपना प्रधान मल्ल, आरजु देउवा तथा उषाकला राईका साथै मन्त्रालयका सचिवहरु, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलगायतका उच्चपदस्थ अधिकारीको सहभागिता थियो।

प्रधान मन्त्रीले सबै मन्त्रालय तथा अन्य निकायहरुको समन्वयविना महिलामाथि हुने हिंसाविरुद्धको अभियान प्रभावकारी हुन नसक्ने भएकाले समन्वयतात्मक प्रयासबाट अगाडि बढ्नसमेत निर्देशन दिएका थिए।

एक वर्षअघि प्रधान मन्त्री कार्यालयमा महिला हिंसाविरुद्धको उजुरी कार्यान्वयन सेल गठन गरेर बढाइएको अभियानबाट सकारात्मक उपलब्धि हासिल भएको चर्चा गर्दै प्रधान मन्त्रीले आवश्यकताअनुसार इकाईलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

उनले लैङ्गिक हिंसाविरुद्धको कार्ययोजना कार्यान्वयन गर्न वार्षिक कार्ययोजना कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै ७५ वटै जिल्लामा गठन भएका स्रोत समूहहरुको आवश्यकताअनुसार क्षेत्रीय र राष्ट्रिय भेला गर्न पनि निर्देशन दिए।

बैठकमा उच्च सरकारी अधिकारीहरुले महिला हिंसाविरुद्धको अभियानमा आ–आफ्ना निकायबाट भएका प्रगति विवरण प्रस्तुत गरेका थिए।

गौतम बुद्ध नेपालकै हुन 'योग गुरु-रामदेव'

विश्व प्रसीद्ध योग गुरु रामदेवले गौतम बुद्ध नेपालमा जन्मिएकाले नेपालीहरु बुद्ध जस्तै हुनुपर्ने बताउनु भएको छ। जुलाई ९ देखि ११ जुलाई सम्मको तिन दिन लण्डन भ्रमणका अवसरमा आज जुलाई ११ मा तमु धी: यु.के. र नेपाल मानव बिकास तथा भ्रष्टाचार विरोधी समूह - HUDAG ले यु.के. मा रहेका नेपाली समाजको लागी संयुक्त रुपमा आयोजन गरेको योग शिविरमा स्वामी रामदेवले सो कुरा बताउनु भएको हो। उहाले सो अवसरमा विश्वमा नेपलीहरूले कसै प्रति धोखा नगरेकोले नेपालीहरुको सौर्य गाथाहरू अमर भएको समेत बनाउनु भयो। तमु धी यु के का उपाध्यक्ष श्री मुछेत्र गुरुंगको स्वागत मंतव्यबाट सुरु भएको सो समारोहलाई प्रमुख अतिथि नेपाली राजदूत महामहिम सुरेश चन्द्र चालिसे, HUDAG का अध्यक्ष भगवान् त्रिपाठी तमु धी यु के का अध्यक्ष सुवा सिंह गुरुंग, NRN UK का उपाध्यक्ष कुल आचार्य, कार्यक्रम संयोजक मुछेत्र गुरुंग, ले दीप प्रज्वलन गरी योग शिविरको समुदाघाटन गर्नु भएको थियो। सो अवसरमा प्रमुख अतिथि नेपाली राजदूत महामहिम सुरेश चन्द्र चालिसेले योग गुरु रामदेव, तमु धी यु के र HUDAG Nepal का योगदान र दिर्घायुका लागी योगको भूमिका वारे चर्चा गर्नु भएको थियो।
त्यसै गरी कार्यक्रममा स्वामी रामदेवले HUDAG Nepal का अध्यक्ष भगवान् त्रिपाठी तमु धी यु के का महा सचिव सुर्जी गुरुंग, सल्लाहकार सी. मेजर ख़ुशीमान गुरुंग तथा विधान गुरुन्ग्लाई रुद्राक्षको माला लगाई समेत गर्नु भएको थियो।
लण्डन Wembly मा आयोजित सो विशेष कार्यक्रममा स्वामी रामदेवले 'फूलको आखामा फूलै संसार' भन्ने गीत गायेरा उपस्थित सबैलाई मंत्रमुग्ध पार्नु भएको थियो भने 'नेपालको जय' भन्ने नारा लगाएर सबैको मन जित्नु भएको थियो। उहाले Nepal र भारतमा नक्सली र माओवादीका रुपमा आतंरिक आतंकवाद देखिएता पनि आफ्नै र आफन्तहरुको रगत बगायेरा कसैको हित नहुने ठोकुवा समेत गर्न भ्याउनु भयो। लण्डनमा रहेका विभिन्न पेशामा आवद्ध नेपलीहरूले खचाखच भरिएको सो समारोह स्वामी रामदेवको योग प्रशिक्षणले रोमांचित भएको थियो। यो विशेष कार्यक्रम तमु धी यु के र HUDAG Nepal ले नि:शुल्क रुपमा आयोजन गरेको थियो।

एसएसबीद्वारा नेपाली भूमिमा ड्याम निर्माण


दसगजा क्षेत्रमा निर्माण गरिएको ड्यामको विष्बायमा जानकारी लिँदै नेपाली अधिकारी

नयाँ पत्रिका

रौतहट, ५ माघ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय ठेकेदारले दसगजा क्षेत्रमा नेपाली भूमिमा एकतर्फीरूपमा ड्याम र सडक निर्माण गरेेको छ । एसएसबीले एकतर्फी रूपमा भारतको बिहार राज्यसँग सीमा जोडिएको रौतहटको नरकटिया गाविसमा पर्ने दसगजा क्षेत्रमा ड्याम र सडक निर्माण सुरु गरेको हो ।

रौतहटको नरकटिया-४ मा रहेको जंगेपिलर नं. ३५५ को सय मिटर दक्षिणमा रहेको बोर्डर पिलर नं. १२मा पर्ने दसगजा क्षेत्रलाई मिचेर सडक र ड्याम निर्माण गरिएको हो । अहिले निर्माण सुरु गरिएको ड्याम दसगजा क्षेत्रमा पूरै निर्माण भए रौतहटका विभिन्न गाउँ वर्षायाममा डुबानमा पर्ने स्थानीय बासिन्दा रामदयाल साहले बताए । 'भारतीय पक्षले एकतर्फी रूपमा बनाउन सुरु गरेको ड्याम नरोक्ने हो भने वषर्ायाममा रौतहटका दर्जनौँ गाउँ डुबानमा पर्छ,' उनले भने, 'यसलाई तत्काल रोक्नुपर्छ ।' एसएसबीले एकतर्फीरूपमा ड्याम निर्माण गरेपछि सर्वसाधारण विरोधमा उत्रिएका छन् । उनीहरूले ड्यामको कारण गाउँ डुबानमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा जानकारी गराएपछि मंगलबार दिउँसो मध्यक्षेत्रीय रुद्रबाहिनी पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक ऋषवदेव भट्टराई, प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी, प्रहरी उपरीक्षक पिताम्बर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलको टोलीले सो क्षेत्रको अवलोकन गरेर फर्केको छ । पटकपटक जानकारी गराउँदासमेत ड्याम निर्माणस्थलमा नेपाली पक्ष नगएपछि स्थानीय बासिन्दा स्वयंले रौतहट प्रशासनको विरोध गरेपछि नेपाली सो क्षेत्र पुगेको थियो ।

गत सोमबार एकै रातमा भारतीय पक्षका ठेकेदारले तीन सय मिटरको बाटो निर्माण गरेको स्थानीयबासी बताउँछन् । अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा रहेको दसगजालाई दुवै देशका सरकारले मिच्न नपाउने व्यवस्था भए पनि भारतीय पक्षले मिचेर बाटो निर्माण गर्न लागेका हुन् । स्थलगत निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले भारतीय पक्षले दसगजा मिचेर ड्याम निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । 'एकतर्फीरूपमा ड्याम निर्माण भएको छ । म यस विषयमा सम्बन्धित ठाउँमा जानकारी गराउँछु,' उनले भने । यता, भारतीय एसएसबीका हवल्दार एसबी ठाकुरले ठेक्केदारले रातिमा निर्माणकार्य गरेकोमा आफूहरू अनभिज्ञ रहेको दाबी गरे । तर, स्थानीयबासीले भने एसएसबीको संग्लनतामै सडक र ड्याम बनाइएको बताएका छन् ।

अमेरिकन ब्लु फिल्मकी नायिका नेपाली नभएको पुष्टी


अमेरिकन ब्लु फिल्मकी नायिकाको रुपमा चर्चा कमाएकी दीपशिखा नामकी युवती नेपाली मुलकी नभएको पुष्टी भएको छ । आफूलाई नेपाली मुलकी बताउने दीपशिखा भारतीय मुलकी भएको रहस्य खुलेको छ ।

ब्लु फिल्ममा माया नामबाट खेल्ने उनले आफूलाई नेपाली भनेर चिनाउने गरेपनि संचारमाध्यमहरुको खोजीपछि उनी भारतीय भएको पुष्टी भएको हो । नेपालका केही पत्रपत्रिकाहरुले भने दीपशिखा नेपाली युवती भएको भन्दै प्राथमिकताका साथ समाचार छापेका थिए ।

साभार: विश्व न्यूज़

भट्टराई पक्षद्वारा पार्टी प्रशिक्षण बहिष्कार

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र उनी पक्षधरले पार्टी प्रशिक्षण बहिष्कार गरेका छन्।

माओवादीको नेवा: र ताम्सालिङ राज्य समितिको काठमाण्डूमा आयोजित संयुक्त प्रशिक्षण उनीहरुले बहिष्कार गरेका हुन्।

गोरखाको पालुङटारमा भएको विस्तारित बैठक र केन्द्रिय समितिले तय गरेको जनविद्रोहमा जोड दिएको भनिएको कार्यदिशाबारे देशव्यापी प्रशिक्षण दिने निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कारण

अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु सरिक प्रशिक्षणमा उपाध्यक्ष भट्टराई गएनन्।

कारणबारे उनको फरक मतका एक समर्थन पोलिटब्युरो सदस्य नवराज सुवेदीले भने, “बाबुरामजीलाई आफ्नो फरक मत राख्न नदिने भएपछि प्रशिक्षणमा नजानु भएको हो।”

नेता सुवेदीका अनुसार नेवा: राज्य समितिकी सह-इन्चार्ज समेत रहेकी भट्टराई पत्नी यमीले विचारमा रोक लगाइएको भन्दै विरोध प्रकट गर्दा माइक बन्द गरेर बोल्न दिइएको थिएन।

त्यसपछि उनी लगायत भट्टराई पक्षधरले बहिष्कार गरेर हिंडेका थिए।

भट्टराईको फरक मतमा हस्ताक्षर गरेका नेताहरु भने प्रशिक्षणमा जाँदै गएनन्।

आफ्नो फरक मत राख्न नदिइने भएपछि बाबुरामजी प्रशिक्षणमा नजानु भएको हो

नवराज सुवेदी, पोलिटब्युरो सदस्य, एनेकपा माओवादी

चेतावनी
भट्टराई पक्षले फरक मत पेश गर्न नदिनु केन्द्रिय समितिको निर्णय विपरित रहेको दावी गर्दै त्यसमा पार्टी अडिग रहे अन्य प्रशिक्षणमा पनि आफूहरु सहभागि नहुने चेतावनी दिएको छ।

सुवेदीले भने, “आफ्नो फरक मतलाई लग्नै नदिने हो भने किन जाने?”

छताछुल्ल हुन पुगेको पछिल्लो विवादबारे माओवादीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रवक्ता दिनानाथ शर्मासँग पनि सम्पर्क हुन सकेन।

उनले पनि भट्टराईको फरक मतमा लिखित सहमति जनाएका थिए।

तर अर्का उपाध्यक्ष मोहन वैद्य किरणले फरक मत लग्ने अलग्गै विधि निर्माण गरिएको र त्यसबारे भट्टराईसँग छलफल गरी विवाद टुंग्याइने प्रतिकृया दिएका छन्।

प्रचण्डले फरक मत प्रस्तोता किरणको विचार समेटेर परिमार्जित दस्तावेज पारित गराएका थिए।

चौंथो सिजनमा मदनबहादुर हरिबहादुर


लोकप्रिय टेलिश्रृङ्खला 'मदनबहादुर हरिबहादुर'को चौंथो सिजन फेब्रुअरी अन्त्यबाट सुरु हुने भएको छ । आउँदो सिजनका १२ एपिसोडलाई अन्तिमरुप दिन महजोडी अर्थात मदनकॄष्ण श्रेष्ठ र हरिवंश आचार्य बुढानिलकण्ठस्थित स्टुडियोमा व्यस्त छन् । श्रृङ्खला छायांकनका लागि महजोडी अघिल्लो महिना दोलखा उक्लेका थिए। बताइएअनुसार श्रृङख्लाको चौंथो सिजनका एपिसोडका विषयवस्तु पनि संविधान निर्माण गर्न दलहरुलाई दिइने दवावमा केन्द्रित रहनेछ । खासगरी राष्ट्रिय र सामाजिक मुद्दालाई अभिनयको एजेन्डा बनाउने महले यसअगाडिका श्रृङ्खलामा पनि संविधान सभा चुनाव र संविधान निर्माणमा स्क्रिप्ट केन्द्रित गरेका छन् ।

मुम्बईका नेपाली कलाकारको कथा

काठमाडौं, माघ ४ (नागरिक)- मुम्बई सहरमा बस्ने सफल नेपाली कलाकारहरूमाथि डकुमेन्ट्री तयार भएको छ। नेपाल भारत सम्बन्धको अवसरमा नेपालस्थित भारतीय दूतावासले तयार गरेको डकुमेन्ट्रीमा नेपाली मूलका कलाकारको कथा समेटिएको छ। 'रेन्बो ओभर मुम्बई' शीर्षकको डकुमेन्ट्रीमा नेपाली मूलका सात कलाकारका कथा छन्। मुम्बईमा बसोबास गर्ने लाखौं नेपाली मूलका व्यक्तित्वमध्ये केही सफल कलाकारको कथा डकुमेन्ट्रीमा हेर्न पाइनेछ।
गत वर्षको भारतीय स्वतन्त्रता दिवसको अवसरमा निर्माण सुरु गरिएको डकुमेन्ट्रीले नेपाल र भारतबीचको मैत्री सम्बन्धबारे जानकारी गराउँदछ। शेखर खरेलको निर्देशनमा बनेको डकुमेन्ट्रीमा अभिनेत्री मनीषा कोइराला, सेक्सोफोनिस्ट मनोहरि सिंह, चित्रकार लक्ष्मण श्रेष्ठ, गायक उदितनारायण झा, ग्यामर फोटोग्राफर राकेश श्रेष्ठ, आर्ट निर्देशक अञ्जन गजुरेल र क्यामेराम्यान वसन्त कर्माचार्य अटाएका छन्।

Jan 18, 2011

जिन्दगीको के भर छ र... गायकको निधन

काठमाडौं, माघ ३ -एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ। 'कोशेली' र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र 'लाहुरे'मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार भन्दा बढी गीत गाएका छन्।
कान्छाले साइनो चलिचत्रका लागि गाएको 'आमैले भन्थे... धाराको पानी...' गीत नेपाली जनजिब्रोमा लामो समयसम्म झुन्डिएको थियो। अर्को गीत 'जिन्दगीको के भर छ र...' लामो समयसम्म चर्चित रहेको थियो। साइनो र अर्को एक गरी उनका दुई क्यासेट एल्बम बजारमा आएका थिए।
मेरुदण्ड (स्पाइनल कर्ड)मा उत्पन्न खराबीका कारण शरीरको तल्लो भाग चल्न नसकी केही समयदेखि मुम्वईस्थित रइजा अस्पतालमा उनको उपचार भइरहेको थियो। कमाएको सबै सम्पत्ति उपचारमा खर्च भएपछि अस्पताल शैय्याबाटै उनले सहयोग गर्न नेपालीहरुलाई आह्वान गरेका थिए। उनको आह्वानको भिडियो युट्युबमा अपलोड गरी सहयोग संकलन गरिएको थियो।
उनको उपचारका लागि काठमाडौंमा कुमार कान्छा उपचार सहयोग समिति निर्माण गरी विभिन्न सहयोग जुटाइएको थियो।
लाखौं शुभचिन्तकको माया पाए पनि कुमार कान्छा अब सदाका लागि अस्ताएका छन्। 'जिन्दगीको के भर छ र...!'
source:-nagriknews

५० प्रतिशत दलित बालबालिका विद्यालयबाहिर

वीरबहादुर गिरी जाजरकोट, ४ माघ जाजरकोटका अधिकांश दलित बालबालिका विद्यालयबाहिर रहेका छन् । गरिबीका कारण दलित बालबालिका पढ्नबाट वञ्चित भएका हुन् ।
जिल्लाका ५० प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । दलित महिला सशक्तीकरण मञ्चले संकलन गरेको तथ्यांकअनुसार जिल्लाभरिका १३ हजार ३ सय दलित बालबालिकामध्ये ८ हजार बालबालिका विद्यालयबाहिर छन् । यस्ता बालबालिकाले परिवारको समस्या टार्न कडा परिश्रम गरिरहेको दलित महिला सशक्तीकरण मञ्चकी अध्यक्ष विष्णु नेपालीले बताइन् ।
'परिवारका सबै सदस्यले काम नगरे खाना, लाउनको गुजारा नचल्ने हुदा बालबालिका विद्यालय नगएर बालश्रम गर्न बाध्य भएका हुन्,' उनले भनिन् । उनका अनुसार, आफ्नो जग्गा नभएका कारण खलिया, हलिया पेसामा जीवन निर्वाह गर्ने र भूमिहीन तथा सुकुम्बासी दलित परिवारका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका हुन् । गरिबीका कारण उनीहरूले बालबालिकालाई विद्यालय पठाउन नसकेको दलित महिला सशक्तीकरण मञ्चको तथ्यांकमा उल्लेख छ ।
मञ्चका अनुसार, जिल्लामा ४ सय ६८ परिवार दलित, हलिया र १ हजार १ सय २६ दलित परिवार खलिया छन् । हलिया र खलिया प्रथाबाट जीवन निर्वाहमा समस्या भएकाले बालबालिकालाई विद्यालय पठाउन नसकिएको उनीहरू बताउँछन् ।
यसैगरी, ६ सय ४३ परिवार भूमिहीन र ४ सय ३० दलित परिवार सुकुम्बासी छन् । यी परिवारका बालबालिकाले पनि विद्यालयको ढोकासमेत देख्न नपाएको मञ्चकी अध्यक्ष नेपालीको दाबी छ ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले भने २५ प्रतिशत दलित बालबालिका मात्र विद्यालयबाहिर रहेको जनाएको छ । तर, यो तथ्यांकसँग दलित अधिकारसम्बद्ध संघसंस्थाले असहमति जनाएका छन् । 'कार्यालयको कागजी तथ्यांक हो,' राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष करवीर चदाराले भने, 'यसमा दलित बालबालिकाको वास्तविक अवस्था छैन ।'

Jan 17, 2011

आमासँगै कारागारमा नबालक

कञ्चनपुर, माघ ३ - कारागार शाखा कञ्चनपुरमा जेल सजाय काट्दै आएका आमासँगै कारागारको चिसो छिँडीमा दुई नाबालकसमेत बस्दै आएका छन् ।
सात महिनाअघि कर्तव्य ज्यान र मानव बेचविखनसम्बन्धी आरोपमा अदालतबाट दोषी हठरिई जेल सजाय पाएका दुई महिलाका आश्रित नाबालक उनीहरुसँगै बस्दै आएका हुन् ।
परासन गाविसका पदम खातीलाई मारेको आरोपमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेकी सोही ठाउँकी ३५ वर्षीया मीना थापामगरसँगै पौने दुई वर्षकी छोरी र मानव बेचविखनको मुद्दामा सजाय भेग्दै आएकी परासनकै २७ वर्षीया रामकली सार्कीसँगै डेढ वर्षीय छोरा कारागारमै बस्दै आएका छन् ।
कर्तव्य ज्यान मुद्दामा मीनालाई २० वर्ष र मानव बेचविखनको मुद्दामा रामकलीलाई २४ वर्ष कैद सजाय तोकिएको छ । नाबालकहरु पाँच वर्ष नपुग्दासम्म आमासँगै बस्न पाउने कानुनी प्रावधानका कारण उनीहरुलाई आमासँगै कारागारमा राखिएको कारागारका प्रमुख पदमराज भट्टले बताए ।
कारागार प्रशासनले नाबालकहरुका लागि न्यानो कपडा र पौष्टिक आहारको व्यवस्था गरिएको बताए पनि कैदी महिलाले भने आफ्ना नाबालकहरुले प्रयाप्त मात्रामा न्यानो कपडा र खाना नपाएको गुनासो गरेका छन् । कारागार प्रमुख भट्टले नाबालकहरु पाँच वर्ष पुगेपछि सङ्घसंस्था र आफन्तको खोजी गरी जिम्मा लगाइने बताए ।
रासस

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?