Hifajat

Hifajat

Jan 20, 2011

महिलामाथि हिंसा गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन

ाठमाडौं, माघ ६ (नागरिक)- प्रधान मन्त्री माधवकुमार नेपालले महिलामाथि हिंसा गर्ने जोसुकै भए पनि तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। दिनहुँ ५–१० वटा त्यस्ता मुद्दामाथि तत्काल कारबाही भएको तथ्य प्रचार हुनेबित्तिक्कै महिलामाथि हुने हिंसा क्रमश: घट्दै जाने उनले बताए।
अपराधीमाथि हुने कारबाहीको सिलसिलामा कानुनी सुधार आवश्यक रहे कडा कानुन बनाउने कार्यमा समेत आफ्नो साथ रहने बताउँदै प्रधान मन्त्रीले महिला प्रहरीहरुको क्षमता तथा मनोवल अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताए। सबै निकायमा महिला मैत्री वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिँदै उनले महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन पनि निर्देशन दिए।

प्रधान मन्त्री कार्यालयद्वारा आयोजित अन्तर मन्त्रालयस्तरीय समिति लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना बैठक कार्यक्रममा प्रधान मन्त्रीले उक्त निर्देशन दिएका हुन।

मुख्य सचिव माधव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा सभासद् सपना प्रधान मल्ल, आरजु देउवा तथा उषाकला राईका साथै मन्त्रालयका सचिवहरु, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलगायतका उच्चपदस्थ अधिकारीको सहभागिता थियो।

प्रधान मन्त्रीले सबै मन्त्रालय तथा अन्य निकायहरुको समन्वयविना महिलामाथि हुने हिंसाविरुद्धको अभियान प्रभावकारी हुन नसक्ने भएकाले समन्वयतात्मक प्रयासबाट अगाडि बढ्नसमेत निर्देशन दिएका थिए।

एक वर्षअघि प्रधान मन्त्री कार्यालयमा महिला हिंसाविरुद्धको उजुरी कार्यान्वयन सेल गठन गरेर बढाइएको अभियानबाट सकारात्मक उपलब्धि हासिल भएको चर्चा गर्दै प्रधान मन्त्रीले आवश्यकताअनुसार इकाईलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

उनले लैङ्गिक हिंसाविरुद्धको कार्ययोजना कार्यान्वयन गर्न वार्षिक कार्ययोजना कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै ७५ वटै जिल्लामा गठन भएका स्रोत समूहहरुको आवश्यकताअनुसार क्षेत्रीय र राष्ट्रिय भेला गर्न पनि निर्देशन दिए।

बैठकमा उच्च सरकारी अधिकारीहरुले महिला हिंसाविरुद्धको अभियानमा आ–आफ्ना निकायबाट भएका प्रगति विवरण प्रस्तुत गरेका थिए।

No comments:

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?