Hifajat

Hifajat

Jan 17, 2011

आमासँगै कारागारमा नबालक

कञ्चनपुर, माघ ३ - कारागार शाखा कञ्चनपुरमा जेल सजाय काट्दै आएका आमासँगै कारागारको चिसो छिँडीमा दुई नाबालकसमेत बस्दै आएका छन् ।
सात महिनाअघि कर्तव्य ज्यान र मानव बेचविखनसम्बन्धी आरोपमा अदालतबाट दोषी हठरिई जेल सजाय पाएका दुई महिलाका आश्रित नाबालक उनीहरुसँगै बस्दै आएका हुन् ।
परासन गाविसका पदम खातीलाई मारेको आरोपमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेकी सोही ठाउँकी ३५ वर्षीया मीना थापामगरसँगै पौने दुई वर्षकी छोरी र मानव बेचविखनको मुद्दामा सजाय भेग्दै आएकी परासनकै २७ वर्षीया रामकली सार्कीसँगै डेढ वर्षीय छोरा कारागारमै बस्दै आएका छन् ।
कर्तव्य ज्यान मुद्दामा मीनालाई २० वर्ष र मानव बेचविखनको मुद्दामा रामकलीलाई २४ वर्ष कैद सजाय तोकिएको छ । नाबालकहरु पाँच वर्ष नपुग्दासम्म आमासँगै बस्न पाउने कानुनी प्रावधानका कारण उनीहरुलाई आमासँगै कारागारमा राखिएको कारागारका प्रमुख पदमराज भट्टले बताए ।
कारागार प्रशासनले नाबालकहरुका लागि न्यानो कपडा र पौष्टिक आहारको व्यवस्था गरिएको बताए पनि कैदी महिलाले भने आफ्ना नाबालकहरुले प्रयाप्त मात्रामा न्यानो कपडा र खाना नपाएको गुनासो गरेका छन् । कारागार प्रमुख भट्टले नाबालकहरु पाँच वर्ष पुगेपछि सङ्घसंस्था र आफन्तको खोजी गरी जिम्मा लगाइने बताए ।
रासस

No comments:

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?